शुक्रबार, ४ जेठ २०८१

एक महिलाले ट्रेनमा हानेको थप्पडबाट यसरी बद्लियो शाहरुखको जीवन

समयपोष्ट २०७५ पुष १३ गते १२:०३

Advertisement

शाहरुख खानले मुम्बई छिरेको पहिलो दिन नै महिलाको हातबाट थप्पड खाएको खुलासा गरेका छन् । एक भारतीय मिडियाद्वारा आयोजित सेलिब्रिटी टक शोमा शाहरुखले उक्त थप्पड आफ्नो लागि निकै शुभ भएको बताए । उनले उक्त थप्पडबारे विस्तृतमा बताएका छन्:

म गौरीलाई भेट्न ट्रेनबाट मुम्बई आइरहेको थियो । मसँग तीनजना साथी पनि थिए । हामीले हाम्रो सिट बुक गराएका थियौं । म आफ्नो सिटमा निदाएछु । मलाई थाहा थिएन कि मुम्बई छिर्नेबित्तिकै ट्रेन लोकल हुन्छ र सिटमा कोही पनि सुत्न पाउँदैन । मेरो सिटमा अन्य दुई व्यक्ति पनि बसिरहेका थिए । हामीले ९ सय रुपैयाँको टिकट किनेका थियौं । हाम्रो सबै पैसा सिद्धिएको थियो । दुई–चार जना आएर भने, ‘ल उठ, हामी पनि बस्छौं ।’ हामी दिल्लीमा बस्नेहरु पटनाका जस्तै हुन्छौं । यदि कसैले गलत कुरा गरिरहेको छ भने झगडा खेल्न तयार भइहाल्ने । यसैबीच एकजनाले मलाई भने, ‘ओहो, यहाँ कसरी सुतिरहेको छौ ?’ त्यसपछि मैले सिटमा टाङ फट्याएँ र भने, ‘ल, यसरी सुतिरहेको छु । गर्, जे गर्नुछ ।’ उनले भने, ‘उठ्’ । मैले भने, ‘उठा’ । हामी तीनजना थियौं । उनीहरु त्यहाँबाट हटे ।’

‘त्यसपछि पनि दुईचारजना आइरहे । उनीहरुलाई लाग्यो कि हामी बोल्न सक्दैनौं, त्यसकारण बस्न दिए । त्यसपछि एक महिला आइन् । म त्यतिबेला पनि सिटमा सुतिरहेको थिएँ । उनले भनिन्, ‘हट । खुट्टा हटाउ । बस्न देउ । यो सुत्ने ठाउँ होइन, बस्ने ठाउँ हो ।’ उनी महिला थिइन् त्यसकारण मैले खुट्टा मोडेर उनलाई बस्ने ठाउँ दिएँ । त्यसपछि अर्को कोही आए । उनी मतिर सरिन् र उनलाई पनि सिटमा बसाइन् । उनले भनिन्, ‘बस, बस, सबैजना बस । ’ त्यसपछि उनले मलाई भनिन्, ‘ल, तिमी उभिउ त यहाँ अर्की एक महिला बस्नेछिन् । ’ मैले उक्त सिटका लागि ९ सय रुपैयाँ तिरेको बताएँ । मैले भने, ‘यहाँ बस्नु मेरो अधिकार हो ।’ त्यो मेरो मुम्बईमा पहिलो दिन थियो । ती महिला उभिइन् र मलाई थप्पड हान्दै भनिन्, ‘तेरो अधिकार ?’ मैले भने, ‘होइन, होइन, मेरो केही पनि होइन । तपाईंकै हो । ’

सबै मानिसहरुले कुनै न कुनै कुरालाई शुभ मान्छन् । कुनै न कुनै संकेत खोज्छन् । मेरो लागि मुम्बईमा सफल हुनु सबैभन्दा ठूलो संकेत यो भयो कि पहिलो दिन नै थप्पड खानुपर्यो । त्यसपछि मैले निश्चित गरेँ कि जीवनले मलाई जतिपटक थप्पड हानेपनि म सफल भएरै छाड्नेछु । म मेहनत गरिरहन्छु ।’एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री