बुधबार, १८ असार २०८२

पूजापाठ गरेर धरहराको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने- छिट्टै धरहराको टुप्पोबाट काठमाडौ हेर्न पाइन्छ

समयपोष्ट २०७५ पुष १२ गते १४:०२

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै धरहरा पुनर्निर्माणको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । बिहीबार २०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले परम्पराको झल्को दिने र आधुनिकता झल्कने किसिमको धरहरा बन्न लागेको जानकारी समेत दिए । प्रधानमन्त्री ओलीले धरहरा आउँदा पहिला जस्तो जामको समस्या नहुँने भन्दै छुट्टै पार्किङस्थलको ब्यवस्था हुँने जानकारी दिए । प्रधानमन्त्री ओलीले अब छिट्टै सवैले धरहराको टुप्पोबाट काठमाडौ हेर्न पाउने समेत बताए ।

प्रधानमन्त्री ओलीले २०७२ फागुनमा मैले मै बनाउँछु मेरो धरहरा भन्ने अभियान सुरु गरेको तर त्यो अभियान प्रभावकारी हुन नसकेको बताउदै सरकारले गरिहरेको राम्रा कामको सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भत्किएको पुरानो धरहराको छेउमा पूजापाठ गर्दै इटा राखेर धरहराको शिलान्यास गरेका थिए । कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मात्रिका यादव, पर्यटनमनत्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री