मंगलबार, ६ साउन २०८२

धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदै

समयपोष्ट २०७५ पुष १२ गते ११:०२

आजबाट धरहरा पुनर्निर्माणको काम औपचारिक रुपमा सुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो धरहरा पुनर्निर्माणको शिलान्यास गर्दैछन् ।

अब बन्ने धरहरा आधुनिक र सुविधासम्पन्न हुँने छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तल्लाको हुनेछ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ भने पुनर्निर्माणको जिम्मा जीआईईटीसी (रमन जेभी) लाई दिएको छ ।

२०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहरा भने सिसाभित्र राखिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री