बुधबार, ४ असार २०८२

नेपाल राष्ट्र बैंकबाट सेलपे सेवाले पायो अनुमति

समयपोष्ट २०७५ पुष १२ गते ९:२१

Advertisement

भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालनमा ल्याउन लागेको सेलपे सेवाले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।

सेलपे सेवा अन्तर्राष्ट्रिय स्तरको पीसीआई–डीएसएस सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीले बताएको छ ।

विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टीभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, पी२जी, बी२पी, बी२बी, बी२जी आदि वास्तविक समयमा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकमले नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे”को सुरुवात गर्न लागेको जनाएको छ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ ।

Advertisement

यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री