शनिबार, ५ जेठ २०८१

दुई बैंक र एक लघुवित्तको बोनसपछिको सेयरमुल्य समायोजन

समयपोष्ट २०७५ पुष १० गते १२:४५

Advertisement

नेप्सेमा आज तीन कम्पनीका बोनसपछिको सेयरमुल्य समायोजन भएको छ । मंगलबार एनएमबि बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्सको सेयरमुल्य समायोज भएको हो ।

आज नेप्सेले एनएमबि बैंकको १५ प्रतिशत बोनसपश्चात प्रतिकित्ता ३५१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको हो । बैंकको १८० दिनको शेयर कारोबारमूल्यका आधारमा औसत आधारमूल्य ३७१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

त्यसैगरि स्वावलम्बन विकास बैंकको २५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता ८८६ रुपैयाँ ४० पैसा समायोजित शेयरमूल्य निर्धारण गरिएको छ । नेप्सेले लघुवित्त विकास बैंकको औसत आधारमूल्य एक हजार ८० रुपैयाँ २० पैसा कायम भएको जनाएको छ ।

मिर्मिरे लघुवित्तको २४ प्रतिशत बोनसपश्चात प्रतिकित्ता ९६९ रुपैयाँ ३५ पैसा कायम भएको नेप्सेले जनाएको छ । लघुवित्तको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधार एक हजार ४४४ रुपैयाँ ३५ पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री