बिहीबार, २० वैशाख २०८१

यस्ता हुन्छन् शनिबार जन्मने ब्यक्ति

समयपोष्ट २०७५ पुष ७ गते १५:३३

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । उनीहरु निकै मेधावी, बुद्धिमान बिजनेस माइण्डेड र हरेक कुरामा परफेक्ट हुनेगर्छन् । उनीहरु हाइ क्लास वस्तुका सौखिन हुनेगर्छन् । उनीहरुले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । उनीहरु सफा मनको हुनेहुँदा कहिलेकाँही स्पष्ट वक्ताको रुपमा उनीहरुको आलोचना पनि हुने गर्दछ ।

Advertisement

उनीहरुको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । उनीहरु पैसावाल हुन्छन् तर छिट्टै पैसा गर्ने स्वभाव उनीहरुको हुँदैन । उनीहरुलाई संगीत र खेलमा रुची हुन्छ ।

उनीहरुलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन गर्न सक्दैनन् । उनीहरु जिद्दि हुन्छन् र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्छन् ।

उनीहरु कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ । उनीहरु निकै केयरिंग स्वभावका हुन्छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री