शुक्रबार, ४ जेठ २०८१

सार्वजनिक यातायातमा सुन्दर युवती टाँसिन आए सजग हुनुहोस्

समयपोष्ट २०७५ पुष ६ गते ८:०२

प्रहरीले राम्री युवती देख्नासाथ नजिक भएर बस्ने टाँसिने नगर्न सुझाव दिएको छ । प्रहरीले केही दिन अघिमात्र उपत्यकाका सार्वजनिक यातायातमा पाकेट मार्ने ७७ चोरहरुको समुहलाई पक्रन सफल भयो । उक्त समुहमा चार जना युवतीहरु पनि थिए । पाकेटमार युवतीहरुसंगको बयानपछि प्रहरीले सार्वजनिक यातायातमा सावधान हुन र चिटिक्क परेकी युवती देख्दा नटाँसिन सुझाव दिएको छ ।

Advertisement

ती युवतीहरुले प्रहरीलाई दिएको बयानमा चिटिक्क परेर सवारीमा चढ्ने, अलिक मालदारजस्ता देखिनेको छेउमा बस्ने, टाँसिने र पाकेट मारिदिने गरेको खुलाए । उनीहरूले भनेका छन्,‘काठमाडौंमा बस्नका लागि, बाँच्नका लागि ठगी नै सबैभन्दा उचित उपाय देखियो । जागिर पाइएन ।’

प्रहरी भन्छ,‘सार्वजनिक सवारीमा चढ्ने, केटा भएको सिटमा गएर बस्ने र मीठो बोली, यौनिक आकर्षण र व्यवहारले लठ्ठ बनाएर लुट्ने गरेको अनुसन्धानमा फेला परेको छ ।’

राम्रो मेकअप गरी चिटिक्क पर्ने, राम्रो लुगा लगाउने, यौनिक आकर्षणमा ध्यान दिने यी सुन्दरीहरूको पाकेटमार धन्दामा दैनिक १० हजार देखि एक लाखसम्म आम्दानी हुने गरेको प्रहरीमा दिएको बयानमा उल्लेख छ ।

चाबहिल, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा युवती सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री