बुधबार, २ जेठ २०८१

भद्र सहमतिपछि बैंकहरुले ब्याज घटाए, निक्षेपमा अधिकतम ९.२५ तोकियो

समयपोष्ट २०७५ पुष ६ गते ७:१३

अधिकांस वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । शुक्रबार १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएको सूचना जारी गरेका छन् । बैंकर्स संघको आव्हानमा बिहीबार बसेको २८ वटै वाणिज्य बैंकका सीईओ र तिनका प्रतिनिधीहरुको बैठकले शुक्रबारदेखि लागू हुने गरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र बचतमा ६.५० प्रतिशत ब्याज दिने सहमित गरेसंगै बैंकहरुले निक्षेपको ब्याजदर घटाएको सूचना जारी गरेका हुन् ।

Advertisement

सहमतिपछि जनता, नेपाल इन्भेष्टमेन्ट, नबिल र सिद्धार्थ, हिमालयन, प्रभु, एनसीसी, कुमारी, नेपाल बंगलादेश, सेन्चुरी, एभरेष्ट, सनराइज, नेपाल एसबीआई र लक्ष्मीबैंकले बिहीबार भएको सहमति अनुसार ब्याज दिने जनाएका छन् ।

जनता बैंकले पहिले बढाएर १२ प्रतिशत पुर्याएको निक्षेपको स्किम बन्द गरेको घोषणा गर्दै सहमति अनुसारकै ब्याज दर तोकेको छ। एनएमबी,नेपाल एसबिआइ, सनराइजन,बैंक अफ काठमाण्डू,नेपाल इन्भेष्टमेन्ट बैंक,कुमारी, नेपाल बंगलादेश बैंक,प्रभु बैंक र एभरेष्ट बैंकले सहमति अनुसारकै ब्याज दर कायम गरेका छन् । कुमारी र नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याज दर घटाएका छैनन्। उच्चतम ब्याज दर बराबर राखेका छन्।

सानिमा बैंक र मेगा बैंकले मुद्दति खाताको ब्याज दर सहमति अनुसार गरेपछि बचतको न्यूनतम ब्याज ५ प्रतिशत मात्र गरेको छ। प्राइम बैंकले बचतको न्यूनतम ब्याज पनि साढे ६ प्रतिशत नै राखेको छ। सिद्धार्थ बैंकले कल एकाउन्टको ब्याज दर घटेको सुचना प्रकाशित गरेको छ। बचत खाताको न्यूनतम ब्याज बैंकले ६ प्रतिशतमा झारेको छ। अधिकतम ब्याज साढे ६ प्रतिशत छ।

नबिल बैंकले पनि १३ प्रतिशतको ब्याज दर झारेर ९.२५ प्रतिशतमा ल्याएको छ। लक्ष्मी बैंकले बचतको न्यूनतम ब्याज पाँच प्रतिशत गरेको छ भने मुद्दतिको ब्याज सहमति अनुसार नै कायम गरेको छ।

Advertisement

सेञ्चुरी र एनसिसी बैंकले पनि बचतको ब्याज दर साढे ६ प्रतिशत तोकेका छन्। यी बैंकले पनि न्यूनतम ब्याज निर्धारण गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री