हिमालयन बैंकले प्रस्ताव गर्यो लाभांश
समयपोष्ट
२०७५ पुष ४ गते ९:३६
हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । पुस ३ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३६४ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र १०.७८ प्रतिशत नगद लाभांश गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया