पाँच चिनिया कामबाट निश्कासित
समयपोष्ट
२०७५ पुष ४ गते २:४२
गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर चक्रपथअन्र्तगत कोटेश्वर कलंकी सडकखण्ड आयोजनामा कार्यरत पाँच चिनिया नागरिकलाई निश्कासन गरेको छ ।
उनीहरु सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् ।
आजको अन्नपुर्ण पोष्टमा खबर छ,उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए ।
अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ ।
निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली छन् ।
प्रतिक्रिया