विद्यालय भवन निर्माणका लागि ३० लाखको जग्गादान
समयपोष्ट
२०७५ पुष ३ गते ६:०९
बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गरेका छन् ।
सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गरेका हुन । सो जग्गा जिल्ला मालपोत कार्यालयमा हालै पास गरिदिएको बेलका नगरपालिका–४ का वडाध्यक्ष दीपक दङ्गालले बताए ।
तामाङले यसअघि वडा नम्बर ४ को गुरुङचौरीमा रहेको रु ४० लाख बराबरको चार कट्ठा जग्गा विद्यालय भवन निर्माणका लागि दान गरे । तामाङ भूपू बेलायती गोर्खाली सेना हुन् । “बूढेसकालमा भए पनि देशको सेवा गर्ने अवसर पाए,” जग्गादान गरेपछि तामाङले भनेका थिए ।रासस
प्रतिक्रिया