विद्युतीय लिफ्टसहित सहकारीको भवन निर्माण हुँदै
समयपोष्ट
२०७५ मंसिर २८ गते १०:१९
रामपुरमा विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न सहकारीको भवन निर्माण हुने भएको छ ।
रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अनुमानित रु तीन करोडको लागतमा विद्युतीय लिफ्ट जडान सहितको बहुउद्देशीय व्यावसायिक भवन निर्माण गर्न लागेको सहकारीका सचिव लेखनाथ शर्मा मरासिनीले बताए ।
एक रोपनी क्षेत्रफलमा आगामी तीन वर्षभित्रमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको सहकारीका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए ।
सहकारीको भवन निर्माण कोषबाट साढे चार तला बगैँचासहितको भवन निर्माण हुने सहकारीले जनाएको छ । सहकारीमा हाल तीन हजार सात सय ८० जना सेयर सदस्य रहेका छन् ।
रासस
प्रतिक्रिया