आइतबार, ८ असार २०८२

८० प्रतिशत भत्ता माग गर्दै संसद्का कर्मचारी आन्दोलनमा

समयपोष्ट २०७५ मंसिर २८ गते २:१५

तलबबाहेकको ८० प्रतिशत भत्ता र दैनिक खाजा खाना खर्च कटौटी गरिएको भन्दै संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

आन्दोलनकै कारण शुक्रबारका लागि तया भएको १२ औँ संसद् दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

संसद्का कर्मचारीले गत साउनसम्म तलबबाहेक ८० प्रतिशत भत्ता र खाजा खाना खर्च बुझ्दै आएका थिए । दोस्रो संविधानसभाका वेला कामको चाप भएको भन्दै उनीहरुलाई भत्ता र खाना खर्चको व्यवस्था गरिएको थियो ।

तर, अहिले कामको चाप सामान्य भएको भन्दै सरकारले गत साउनदेखि भत्ता कटौती गरेको थियो । त्यसबाट असन्तुष्ट कर्माचारी आन्दोलमा उत्रिएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री