योगी आदित्यनाथको स्वागतका लागि जनकपुरमा भब्य तयारी (फोटोफिचर)

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमी महोत्सवमा भोलि जनकपुर आउँदैछन् । उनी अयोध्याबाट जन्तिको नेतृत्व गर्दै बुधबार विषेश विमानवाट जनकपुर आउनेछन् । मुख्यमन्त्री योगीको जनकपुरको जानकी मंन्दिर, जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकारले भव्य स्वागत गर्नेछ ।

Advertisement

प्रदेश नंं २ सरकारले जनकपुरमा रहेको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागत तथा दिउँसोको भण्डाराका लागि भव्य तयारी गरेको छ । भण्डारमा ३६ परिकारहरु पकवानहरु खुवाउने कार्यक्रम छ । विगत दुई सातादेखि प्रदेश सरकार यसको तयारीमा लागेको हो ।

प्रदेशको ८ वटै जिल्लाका छुट्टा छुट्टै सांस्कृतिक टोलीले भण्डाराको आकर्षक मञ्चमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने प्रदेश सरकारले जनाएको छ ।

यससंगै सवारी आवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले रुट निर्धारण गरेको छ । जनकपुर नगर भित्र मात्रै करिब १ सय ५० जना ट्राफिक प्रहरी खटाइएको छ । आजै रातिबाट लागू हुने गरी नगरभित्र साना तथा ठूला सवारी साधन लैजान निषेध गरी रुट निर्धारण गरिएको छ । नगरभित्र अत्यावश्यक आकस्मिक सेवाका सवारी साधन बाहेकलाई प्रवेश पास अनिवार्य गरिएको छ । त्यस्तै मुख्यमन्त्री योगी आउने मार्गमा सवारी साधन निषेध गरिएको छ ।

Advertisement

जनकपुरको श्याम चोकस्थित एयरपोर्टदेखि विद्यापति चोक, विषहरा चोक, कदम चोक, भानु चोक हुँदै जनक चोकबाट जानकी मन्दिर जाने बाटो तय भएको छ भने जानकी मन्दिरबाट प्रदेश प्रहरी कार्यालय, थापा चोक, शहीद (मिल्सएरिया) चोक, जचुकाली क्षेत्र, थापा चोक, प्रदेश प्रहरी कार्यालय हुँदै उत्तर गेटबाट रंगभूमी मैदान सम्म विशेष रुट बनाइएको जनाएको छ ।

त्यस्तै हाइवे मार्गको उत्तर ढल्केवरबाट आउने ठुला चारपाङग्रे सवारी र साना गाडीलाई मुजेलिया स्थित मणिपालतर्फ पार्किङ स्थल निर्धारण गरिएको छ । त्यसैगरी महोत्तरीको भिठामोडबाट आउने सवारी साधनलाई बसपार्क वरिपरि पार्क गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै जटही नाकाबाट आउने सवारी साधनलाई हनुमाननगरमै पार्किङ स्थलको लागि व्यवस्थित गरिएको छ भने कदम चोक भन्दा पछाडि रहेको बसपार्क स्थललाई नै पार्किङ स्थल निर्धारण गरिएको छ ।

मुख्यमन्त्री योगीको जनकपुरको जानकी मंन्दिर, जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेश सरकारले भव्य स्वागत गर्नेछ ।

प्रदेश नंं २ सरकारले जनकपुरमा रहेको मधेश भवनमा मुख्यमन्त्री योगीको स्वागत तथा दिउँसोको भण्डाराका लागि भव्य तयारी गरेको छ । भण्डारमा ३६ परिकारहरु पकवानहरु खुवाउने कार्यक्रम छ । विगत दुई सातादेखि प्रदेश सरकार यसको तयारीमा लागेको हो ।
प्रदेशको ८ वटै जिल्लाका छुट्टा छुट्टै सांस्कृतिक टोलीले भण्डाराको आकर्षक मञ्चमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री