बुधबार, ९ जेठ २०८१

अनुसन्धान भन्छ : महिलालाई पूरषसंग भन्दा कुकुरसँग सुत्दा मिठो निन्द्रा लाग्ने

समयपोष्ट २०७५ मंसिर २५ गते १२:४५

क्यानडाको अलवेर्ता विश्वविद्यालयले गरेको एउटा अनुसन्धानका अनुसार यदि रातीमा राम्रो निन्द्रा हामी चाहन्छौँ भने हाम्रो सुताइलाई परिवर्तन गर्नु जरुरी छ ।

Advertisement

उक्त अध्ययन करिब ९ सय महिलामाथि गरिएको थियो । उनीहरूले सुत्ने तालिकामा पुरुषसाथीसँग र घरपालुवा जनावरहरूसँग सुत्दाको फरक बारे जानकारी लिइएको थियो । अनुसन्धानकर्ताको उदेश्य थियो कि विरालो, कुकुर अथवा मानिससँग सुत्दा कसले राम्रो सँग निन्द्रा लाग्न दिदैन् अथवा गुणस्तरीय निन्द्रा हुनबाट बञ्चित गर्छ ।

अनुसन्धानका अनुसार बेडमा कुकुर विरालोलाई भन्दा यदि मानिससँगको सुताईबाट पर रह्यो भने मिठो निन्द्रा हुने निष्कर्ष निकालिएको छ ।
५५ प्रतिशत सहभागीले कुकुरसँग सुत्दा मिठो निन्द्रा लाग्ने र त्यसले कुनै बाधा नहुने बताएका थिए ।

कुकुर जस्तै बिरालोले पनि मिठो निन्द्रामा बाधा नपुर्‍याउने ३१ प्रतिशत मानिसले बताएका थिए । यस्तै अप्सनमा ५७ प्रतिशतले मानिसले बाधा नपुर्‍याउने बताएका थिए । अनुसन्धानको निष्कर्ष छ कि कुकुरले तपाईको मिठो निन्द्रामा कम बाधा पुर्याउछ मानिस र बिरालेको तुलनामा ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री