सूर्योदय लघुवित्त र तिनाउ विकास बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जले सूर्योदय लघुवित्त र तिनाउ विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका लागि सोमबार गरेको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

सूर्योदय लघुवित्तको ४२.७५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता एक हजार एक रुपैयाँ पाँच पैसा र तिनाउको १२ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५७ रुपैयाँ १४ पैसामा शेयरमूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।

Advertisement

विकास बैंकको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य २३४ रुपैयाँ ५७ पैसा कायम भएको छ भने लघुवित्तको १८० दिन नेप्सेमा शेयर कारोबार भएको मूल्यका आधारमा औसत आधारमूल्य ८७९ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री