बिहीबार, ३ जेठ २०८१

सिद्धार्थ बैंकले जारी गर्यो १० प्रतिशत ब्याजदरमा २ अर्ब २५ करोडको ऋणपत्र

समयपोष्ट २०७५ मंसिर २३ गते ४:४९

सिद्धार्थ बैंकले १० प्रतिशत ब्याजदरमा २ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गरेकोे छ । बैंकले ७ वर्षे अवधिको “१०.५५ एसबिएल डिवेन्चर २०८२” निष्काशन गरेको हो ।

Advertisement

ऋणपत्रमा न्यूततम २५ कित्ताको लागि २५ हजारदेखि अधिकतम एक लाखकित्ताको लागि १० करोड रुपैयाँसम्म आवेदन गर्न सकिनेछ । ऋणपत्रमा छिटोमा मंसिर २६ गते र ढिलोमा पुस २३ गतेसम्म आवेदन गर्न सकिनेछ । निष्काशित ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४५ करोड रुपैयाँ सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तबरबाट बिक्री हुनेछ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्प्रर्ण सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री