नेपाल प्रहरीका पूर्वआईजीपी मोतीलाल बोहराले भ्रष्टाचार मुद्धामा सफाइ पाएका छन् ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले पूर्वआईजीपी बोहोरालाई भ्रष्टाचारको मुद्दामा सफाई दिएका हुन ।
यसअघि २०६८ साल चैत २१ गते विशेष अदालत काठमाडौंले बोहोरालाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र करिब २७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
पूर्वआईजीपी बोहोराले सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरि करिब २७ लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई डेढ वर्ष कैद र करिब २७ लाख नै बिगो र जरिवाना भराउने फैसला सुनाएको थियो ।
विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै पूर्वआईजीपी बोहोराले २०६९ साल पुष ११ गते सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।
बिहीबारको इजलाशबाट भ्रष्टाचार मुद्दामा दोषी पाइएका पूर्वआईजीपी बोहरासहित उनका छोरा, छोरी र श्रीमतीले पनि सफाई पाएका छन् ।










प्रतिक्रिया