बुधबार, १९ वैशाख २०८१

पार्टनरलाई सेक्समा रुचि जगाउन अपनाउँनुहोस् यस्ता टिप्स

समयपोष्ट २०७५ मंसिर २० गते ७:४०

एकले अर्कालाई पर्याप्त समय दिन नसक्दा धेरैजसो जोडीमा भावानात्मक उतार उढाव हुने गर्छ । यसको सीधा असर पार्टनरसँग ओछ्यान पनि देखिन्छ ।

Advertisement

जसको समाधानको लागि यहाँ केही टिप्स सुझाइएको छ ।

यौन पार्टनरलाई सजिलो महशुस गराउनुहोस्

यौन स्वास्थ्यसँग सम्बन्धीत शोधहरूले सावित गरिसकोको कुरा यो हो की तनाव तथा थकानले मानिसमा यौनसम्पर्कको रुचीमा कमी ल्याउँछ । यसकारण यौन पार्टनरलाई सहज वातावरण तयार गरिदिनु तपाईका लागि निकै जरुरी कुरा हुन्छ । यसका लागि शुरुवातमा शरीर मालिसबाट गर्न सकिन्छ ।

पाटर्नरमाथि जबरजस्ती नगरौं

Advertisement

यौन साथीसँग आफ्ना रुची थोपर्ने काम नगरौं । यो समयमा उसका शब्दभन्दा पनि शारीरिक हाउभाउलाई ध्यान दिने गरौं र सोही अनुरुप व्यवहार गरौं । दुबै जना एक अर्काको नजिकको साथि बन्ने प्रयास गरौं । भावनाहरुलाई बुझ्ने र सम्मान गर्ने गरौं । यसले शारीरिक तथा मानसिक घनिष्ठता बढाउन मद्दत गर्छ ।

आफ्नो तर्फबाट सक्दो पहल गरौं

यदि पाटर्नर तपाईसँग सहज महसुस गरिरहेको छैन् भने आफ्नो तर्फबाट पहल गरौ । जस्तैं चलचित्र हेर्ने, ड्राइभ जाने, रोमान्टिक संगीत सुन्ने जस्ता क्रियाकलाप गर्न सकिन्छ । यसले तनावको स्तर निकै तल झार्न सक्छ ।

प्रसस्त आपसी संवाद गरौं

सम्बन्धका खुलापन तब आउँछ जब आपसी संवाद हुने गर्छ । सम्बन्धमा पाटर्नरको इच्छा आँकक्षा जान्न जरुरी हुने गर्दछ । पाटर्नरबाट अपेक्षा मात्र राख्न भन्दा पनि भावनात्मक सम्बन्ध कायम गर्नतर्फ जोड दिन जरुरी छ । यो बुझ्नु जरुरी छ जुन घरमा बच्चाहरूले बढी बोल्नु हँुदैन भन्दै ठूलाबडाले रोकतोक लगाएर बच्चा हुर्काउँछन् ती बालबालिका भ्विष्यमा पार्टनरसँग शारीरिक तथा मानसिक रुपमा नजिक हुन समय लाग्ने विभिन्न शोधले जनाएको छ । यसकुरालाई बुझेर पार्टनरलाई मद्दत गर्नु नै दुबैको भलाई हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री