बुधबार, १९ वैशाख २०८१

सारा अली खानले पत्रकारलाई यस्तो चिठ्ठी लेखेपछि….

समयपोष्ट २०७५ मंसिर २० गते ५:०९

अभिनेता सैफ अली खानकी पहिली पत्नी अमृता सिंहकी छोरी सारा अली खान फिल्म ‘केदारनाथ’ बाट बलिउड डेब्यूको तयारीमा छिन् । फिल्मको प्रमोशनमा व्यस्त साराले फिल्मको प्रमोशनको लागि हरेक उपायहरु अपनाइरहेकी छिन् । एकपछि अर्का मिडिया च्यानलमा उनका अन्तरवार्ताहरु आइरहेका छन् ।

Advertisement

साथै उनले दिएका हरेक अन्तरवार्ताबाट बलिउड फिल्म उद्योगमा चर्चा पनि बटुलिरहेकी छिन् । उनको हिन्दी भाषामा भएको दख्खल र उनको आत्मविश्वासको प्रशंसा हुनुका साथै अन्तवार्ता हेरेर सारा डेब्यू अभिनेत्रीभन्दा पनि स्थापित अभिनेत्री भन्दै चर्चा भइरहेको छ ।

मिडियासँगको कुराकानीमासमेत पत्रकारसँग साराले गर्ने व्यवहारका कारण पत्रकारहरुबिच पनि राम्रो सम्बन्ध स्थापित गर्न सफल भइसकेकी छिन् ।

सायद साराले पनि राम्रोसँग बुझिसकेकी छिन् कि उनको तस्बिर खिच्ने र उनका बारेमा समाचार लेख्ने पत्रकारहरु उनको फिल्मी करियरमा महत्वपूर्ण भूमिका खेल्छन् । यही कारण साराले पत्रकारका लागि एउटा छुट्टै योजना बनाएकी छिन् ।

Advertisement

अहिलेको डिजिटल जमानामा साराले मिडिया तथा फोटो पत्रकारलाई हातले चिठ्ठी लेखेर धन्यवाद दिएकी छिन् । साथै उनले पत्रकारहरुलाई कफीका लागि निमन्त्रण दिएकी छिन् । साराले हातले लेखेर पत्रकारहरुलाई पठाएको चिठ्ठी सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री