एनआईसी एशिया बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार बैंकको १० प्रतिशत बोनस पश्चात ३७१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको हो । यसअनुसार बैंकको शेयर कारोबार समायोजन मूल्यलाई आधार मानेर बुधबार सुचारु हुनेछ ।
बैंकको नेप्सेमा १८० कारोबार भएको शेयरमूल्यको आधारमा औसत आधारमूल्य ४१८ रुपैयाँ ४१ पैसा कायम भएको नेप्सेले जनाएको छ ।
यस्तै बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर वितरणका तथा साधारणसभा प्रयोजनको लागि लागि मंसिर १९ गते बुधबार (अाज) शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गरेकाे छ । यसअनुसार आजसम्म कायम हुने बैंकका शेयरधनीले मात्र बोनस पाउनेछन् ।
बैंकले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस ४ गते हेरिटज गार्डेन सानेपामा २१ औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्नेछ ।
एनआईसी एशियाको बैंक सञ्चालक समितिको कार्तिक ३० गते बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रति शेयर १० (१० प्रतिशत) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर ०.५२६ प्रतिशत नगद लाभांश वितरण निर्णय गरेको छ ।









प्रतिक्रिया