बुधबार, १९ वैशाख २०८१

बलिउडका यी ५ चर्चित अभिनेत्री जो प्रेमिको हातबाट नराम्रोसंग पिटिएका थिए

समयपोष्ट २०७५ मंसिर १७ गते १०:१०

ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चनले पनि आफ्नो पूर्व ब्वायफ्रेन्ड सलमान खान माथि मारपिटको आरोप लगाएकी थिइन् । सुटिङको क्रममा सलमानले सेटमै गएर ऐश्वर्यालाई मारपिट गरेको खबर आएको थियो । त्यो समय कयौं पटक ऐश्वर्याको घरमै गएर रक्सीको नशामा तोडफड गरेका चर्चा पनि चलेको थियो। यी दुवैको अफेयर सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके’ को शूटिङको क्रममा चलेको थियो।

Advertisement

क्याट्रिना कैफ
सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’ को सुटिङको क्रममा सलमान खानले क्याट्रिना कैफको ड्रेस देखे, जुन निकै छोटो थियो । यही कुराले रिसाएर सलमानले क्याट्रिनामाथि हात उठाए। गाली गलौज गरे। नजिकै करिना कपुरको सुटिङ चल्दै थियो। करिना पुगेर स्थिति साम्य बनाएको खबर आएको थियो।

कंगना रनावट
यस्तै चर्चा कंगना रनावट र उनका एक्स ब्याव फ्रेन्ड आदित्य पञ्चोली बिच पनि चलेका थिए। आदित्यले कंगनालाई कालो जादु गर्ने भन्दै आफुलाई पिटेको अन्तर्वार्ता दिएका थिए। तर कंगनाले पनि आदित्यले आफुमाथि हातपात गर्ने गरेको बताएकी थिइन।

जिया खान
जिया खानको मृत्यु पश्चात उनकी आमा राबियाले जियाको एक सुसाइड नोट सार्वजनिक गरेकी थिइन। जियाले ब्वायफ्रेन्ड सुरज पञ्चोलीको लागि लेखेकी थिइन, ‘मैले तिमीलाई माया गरे। बदलामा मलाई गाली र शारीरिक प्रताडना मिल्यो। मैले सबै सहे। तिमीलाई माया गर्दै रहेँ। म गर्भवति छु। तर तिमी पार्टी अनि केटीहरुमा हराएको छौँ। तिमीले मलाई धोका दियौं। जब तिमी यो पढ्दै गरेको हुनेछौ तबसम्म म सायद निकै टाढा पुगिसकेको हुनेछु।’

श्वेता तिवारी
टिभी कलाकार श्वेता तिवारीले सन् १९९८ मा राजा चौधरीसंग विवाह गरेकी थिइन। सन् २००७ उनको सम्बन्ध विच्छेद भयो। श्वेताले यस क्रममा राजाले आफुलाई मारपिट गर्ने आरोप लगाएकी थिइन। रक्सी पिएर राजा श्वेताको सुटिङ स्थलमा समेत जाने गरेका खबर आएको थियो। एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री