जोशी हाइड्रोपावरको १७ करोडको साधारण शेयर आजबाट निष्काशन

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १७ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरको १६ लाख ९० हजार ४७० कित्ता शेयर आजबाट निश्काशन गरेको हो ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

Advertisement

कम्पनीको शेयरमा छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा पुस १६ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले यसअघि इलामका स्थानीयका लागि निष्काशन गरेर अवितरित भएको २ लाख ४२ हजार १० कित्ता जोडेर कूल १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४७० कित्ता बिक्रीमा ल्याएको हो ।

यसमध्ये ३ प्रतिशत अर्थात ५० हजार ७१४ कित्ता कर्मचारी र ८४ हजार ५२३ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरि बाँडफाँट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री