काठमाडौँको भावी मेयरमा रविका दाजुको दाबी !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आइतबार बिहान ७ बुँदे सहमति भएको छ।

Advertisement

यो सहमतिलाई ‘दुई भाइको सम्झौता’ भन्दै रवि लामिछानेका दाजु हरिशरण लामिछानेले खुसी व्यक्त गरेका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हरिशरणले लेखेका छन्– ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुसी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’

हरिशरण लामिछाने रेडियो नेपालबाट अवकाशप्राप्त सञ्चारकर्मी हुन्।

यस सहमतिअनुसार रास्वपाको संगठनात्मक नेतृत्व रवि लामिछानेले सम्हाल्ने र आगामी निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने उल्लेख छ।

पार्टीको नाम, चुनाव चिन्ह ‘घण्टी’ र झण्डा यथावत रहने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री