
एनआईएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित एनआईबिएल इक्विटी पार्टनर्सले ऋतु प्रधान मल्ललाई सह–प्रमुख (को–हेड) मा नियुक्त गरेको छ।
नवनियुक्त सह–प्रमुख मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन, दिगो वित्त तथा ईएसजी (पर्यावरण, सामाजिक र सुशासन) एकीकृत लगानी रणनीतिमा रणनीतिक नेतृत्व प्रदान गर्नेछिन्। उनको मुख्य जिम्मेवारीमा ईएसजी–केन्द्रित लगानी ढाँचाको विस्तार, क्लाइमेट फाइनान्स तथा पोर्टफोलियो निगरानी रहेको कम्पनीले जनाएको छ।
क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव भएकी मल्लले यसअघि बिजनेस अक्सिजन प्राइभेट लिमिटेड, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडीको विभिन्न परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छिन्।
हाल उनी घामपावर नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालक तथा इम्प्याक्ट हब काठमाडौँको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि कार्यरत छिन्।
एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले मल्लको नियुक्तिले कम्पनीको लगानी रणनीति सुदृढ हुनुका साथै नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।
नवनियुक्त सह–प्रमुख मल्लले भनिन्, “नेपालको पुँजी बजार तीव्र गतिमा विकास भइरहेको अवस्थामा एनआईबिएल इक्विटी पार्टनर्सको टिममा सामेल हुन पाउँदा मलाई गर्व र सम्मानको अनुभव भएको छ। दिगो र प्रभावकारी लगानीमार्फत नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्याय लेख्न योगदान पुर्याउन आतुर छु।”










प्रतिक्रिया