अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्नेः बोइङ

अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

Advertisement

उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता बोइङ (बोइङ) ले जनाएको छ ।

बोइङको सन् २०२५ का लागि तयार गरिएको अफ्रिका क्षेत्रको व्यावसायिक बजार दृष्टिकोण अनुसार, यात्रुको माग पूरा गर्न आगामी २० वर्षमा अफ्रिकाको व्यावसायिक विमान सङ्ख्या दोब्बर हुँदै करिब एक हजार ६८० पुग्नेछ ।


सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन् । यी विमानले घरेलु तथा छोटो दूरीका अन्तरराष्ट्रिय उडान विस्तारमा सहयोग पु¥याउनेछन् ।

Advertisement

बोइङका मध्यपूर्व तथा अफ्रिका क्षेत्रका व्यावसायिक बजार निर्देशन प्रमुख शाहाब मातिनका अनुसार,“हवाई यातायात अफ्रिकाको आर्थिक वृद्धि तथा भित्री क्षेत्रीय विस्तारको प्रमुख प्रेरक बनिरहेको छ ।”

अफ्रिकी हवाई सेवा प्रदायकले आफ्नो उडान विस्तार गर्दै जाँदा जनशक्ति तथा हवाई पूर्वाधारमा ठूलो लगानीको आवश्यकता पर्ने बोइङले जनाएको छ । आगामी २० वर्षमा अफ्रिकामा करिब ७४ हजार नयाँ पाइलट, प्राविधिक तथा केबिन कर्मचारी आवश्यक पर्ने अनुमान छ ।

यसैगरी, विमान बेडा वृद्धि र सञ्चालन क्षमता सुनिश्चित गर्न करिब एक सय ३० अर्ब अमेरिकी डलरबराबरको सेवा माग पनि रहने बोइङले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री