मधेस प्रदेशसभा बैठक स्थगित : सत्तापक्ष सांसद अनुपस्थित, मुख्यमन्त्रीले विश्वासको मत लिन सकेनन्

मधेस प्रदेशसभाको आज बिहान साढे ८ बजेका लागि आह्वान गरिएको बैठक सत्तापक्षका सांसदहरू उपस्थित नभएपछि स्थगित भएको छ ।

बिहान १०ः३० बजेसम्म पनि सत्तारुढ दलका सांसदहरू सदनमा नआएपछि सभामुख रामचन्द्र मण्डलले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

Advertisement

मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने कार्यसूची रहेको थियो । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको सो आदेशअनुसार आजको बैठकमा विश्वासको मतको प्रस्ताव पेस हुने अपेक्षा गरिएको थियो ।

तर सत्तापक्षकै सांसदहरूको अनुपस्थितिले सदनको गणपूरक संख्या नपुग्दा बैठक बस्न सकेन । यसअघि पनि मधेस प्रदेशमा सत्तापक्षका सांसदहरूले नै सदन अवरुद्ध पार्ने रणनीति अपनाउँदै आएका छन् ।

अब दिउँसो २ बजे पुनः बैठक बस्ने गरी स्थगित गरिएको छ । तर सत्तारुढ दलहरूबीचको आन्तरिक किचलो कायमै रहेकाले दिउँसोको बैठक पनि अनिश्चित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री