मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।

Advertisement

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिनुभयो ।


पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।

Advertisement

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ ।

सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो । क्षतिको विवरण यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री