शुक्रबार, ७ वैशाख २०८१

अमेरिकाले ३५ रुसि कुटनितिज्ञहरुलाई देश छाड्ने आदेश दियो ,राष्ट्रपति निवार्चनमा इमेल ह्याक गरेको आरोप 

समयपोष्ट २०७३ पुष १५ गते ५:४८

 

Advertisement

अमेरिकी राष्ट्रपति बाराक ओबामाले३५ रुसि कुटनितिज्ञहरुलाई अमेरिका छोड्न आदेश दिएका छन् । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै ओबामाले ३५ कुटनितिज्ञलाई देश छोड्ने आदेश दिएका हुन् । राष्ट्रपति निर्वाचनमा राजनितिक दल र नेताहरुको सर्बर र इमेल ह्याकिंगमा रुसको हात रहेको समाचारहरु आएका थिए । अमेरिका स्थित रुसि खुफिया एजेन्सि र उसको उच्च अधिकारीहरु माथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ओबामाले ५६ बर्ष पुरानो भियाना सन्धिलाई तोड्दै उक्त कदम उठाएको बताईएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री