शुक्रबार, १४ वैशाख २०८१

एनसीसी बैंकले चारवटा बिकास बैंकलाई गाभेर आइतबारबाट गर्ने भयो एकीकृत कारोबार

समयपोष्ट २०७३ पुष १५ गते ४:०७

चारवटा ठूला बिकास बैंकहरुलाई आफुमा गाभेको एनसीसी बैंकले आइतबारदेखी एकिकृत कारोवार गर्ने भएको छ । एनसीसीमा ईन्फ्रास्ट्रक्चर, ईन्टरनेशनल , सुप्रिम र एपेक्स डेभलपमेन्ट बैंक गाभिएर एकिकृत कारोवार शुरु हुन लागेको छ । कम्पनी रजिष्ट्रारले पुस १४ गते पाँच वटै संस्था एक भएको जनाउँदै एकीकृत कारोबारको स्वीकृति दिएपछि पुस १७ गते आइतवारदेखी देखि संयुक्त बित्तीय कारोबार हुन लागेको हो । 
एनसीसीमा गाभिदा एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने गरी स्वाप रेसियो डीडीएबाट तय भएको थियो । मर्जबाट एनसीसी झण्डै ६ अर्ब चुक्ता पूँजी भएको बाणिज्य बैंक बन्दैछ ।
एनसीसीमा एनबी समूह र निर्मल प्रधान समूहबीचको झगडाले संस्थागत सुशासन कमजोर बनेपछि राष्ट्र बैंकले झण्डै तीन बर्ष अघि एनसीसीलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रियस्तरका बिकास बैंकहरुलाई आपसमा गाभेर सबल बैंक बनाउने रणनीति लिएको थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री