शनिबार, १५ वैशाख २०८१

दुई वर्ष कैद सजाय सुनाएका फरार व्यवसायी सुधीर बस्नेत प्रहरी फन्दामा

समयपोष्ट २०७३ पुष १३ गते ६:२४

काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएका घरजग्गा तथा हाउजिङ व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लुकिछिपी बसेका बस्नेतलाई विशेष सूचनाको आधारमा गएराति ११ बजे उनकै निवास धापासीबाट प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न व्यक्तिलाई हाउजिङ उपलब्ध गराउने भन्दै करिब दुई अर्ब बराबरको रकम ठगी गरेर फरार भएका थिए । उनले कुमारी बैँक, सिद्धार्थ बैँक, प्राइम कर्मसियल बैँक लगायतबाट समेत करौडौँ ऋण लिएका छन्।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री