शुक्रबार, १४ वैशाख २०८१

साहित्यकार प्रेमीको संग्रह ‘रगत, पसिना र आँसु’

समयपोष्ट २०७३ पुष १२ गते १२:२४

साहित्यकार तथा पत्रकार प्रेमनारायण प्रेमीको नाटक संग्रह ‘रगत, पसिना र आँसु’ नाटक संग्रह  बजारमा आएको छ ।
       साहित्यकार प्रेमीद्धारा रचना गरिएको उक्त नागक संग्रहमा परिवर्तनप्रति जनतालाई सचेत गराइएको छ भने समाजमा भएका कुकृति तथा कुसस्कारका विरुद्धमा जागरुक गराउन खोजिएको छ ।
       साहित्यकार प्रेमीले सामन्त वर्गले सोसित वर्गलाई गिराउन पुलिस रिपोर्ट नै गलत गरिदिने, आफ्नो स्वार्थको लागि माथिल्लो सभ्रान्त वर्गले जस्तोसुकै काम पनि गर्नसक्ने उल्लेख गरिएको छ ।
       १२ भागमा बाँडिएको उक्त नाटकमा शान्तिको खोज, देवता, गोरेटो, पञ्चको राज, के मानिस हराएकै हो त ? , विथोलिएको सपना, विद्रोही केटी, जिउँदा मसाल र चिहानहरु, विकास, रगत पसिना र आँसु, जुध्न कर लागेपछि र केटाकेटी उद्वेग शिर्षकमा नाटकलाई विभाजन गरिएको छ ।
       साहित्यकार प्रेम नारायण प्रेमीका अनुसार मान्छे आफूलाई शान्ति खोज्दछ तर त्यहि शान्ति आफूले बर्बाद गरेको हुन्छ । यस्तै हेपिएको मानिसले समाजमा ठूलो सपना देखेको हुन्छ भने त्यहि समाज हेपिएको मानिसप्रति बाधक भएकोजस्ता विषयहरु उक्त नाटकभित्र समेटिएको छ । उक्त नाटकसंग्रको प्रकाशन भने सम्झना प्रेमीले गरेका हुन ।
उक्त नाटक संग्रह केही दिन अघि मात्र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले विमोचन गरेका थिए । विमोचन गर्दै सञ्चारमन्त्री कार्कीले नाटकले समाजको यथार्थलाई चरितार्थ गर्न सफल भएको बताए । उनले नाटक संग्रहले समाज सुधारमा उल्लेखनिय भूमीका खेल्ने बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रेमीले आफ्ना अनुभव र सर्वसाधारणको पिर व्यथालाई  नाटकको रुपमा बाहिर ल्याउन खोजेको बताए ।
       नाटक सङ्ग्रहको समीक्षा गर्दै साहित्यकार जीवनाथ चापागाईले नाटक जिवन्त र यथार्थपरक रहेको बताए । उक्त नाटक संग्रहमा प्रेमीले २०२१ सालतिर घटेका घटनालाई नाटकमा समेटिएको जानकारी गराए ।
उनले धेरै सङ्र्घष गरेपनि परिवर्तनको अनुभूति पाउन नसकेको जनताले फेरि परिवर्तनका लागि सङ्घर्ष गर्नु परेको कुरालाई नाटकमा उल्लेख गरिएको बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री