मंगलबार, ४ वैशाख २०८१

‘साना तथा घरेलु उद्यम विकासमा सरकारले नै तगारो हालेको छ’

समयपोष्ट २०७३ पुष ११ गते १२:०६

उद्योगी व्यवसायीहरुले उद्यममैत्री वातावरण बनाउन सरकारसँग माग गरेका छन् । उद्योग मन्त्रालयमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योगीहरुले उक्त माग गरेका हुन् । 
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले साना तथा घरेलु उद्यम विकासमा सरकारले तगारो हालिरहेको आरोप लगाए । सरकारले पूँजी तोकेपछि साना उद्यमीहरु हतोत्साही हुने र त्यसले राष्ट्रिय उद्यम विकासको बाटोमा भाँजो हाल्ने उनको तर्क थियो । अध्यक्ष मुरारकाले उद्योग मन्त्रालयले सानातिना नीतिगत व्यवस्था समेत नगरेकाले मुलुकको आर्थिक विकासको गति तीव्र हुन नसकेको गुनासो गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले कानुनी तथा प्राविधिक जटिलताका कारण नेपालमा औद्योगिक लगानीको वातावरण बन्न नसकेको दावी गरे । उनले उद्योग संचालनका लागि विभिन्न मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसलाई एउटै प्रक्रियामा ल्याउन पहल गर्न उद्योग मन्त्री नविन्द्रराज जोशीसँग आग्रह गरे ।
निजी क्षेत्रका व्यवसायीहरुले नेपाल सरकारले संघीय ढाँचा अनुसारको औद्योगिक ऐन ल्याउन पनि ढिलाई गर्न नहुनेमा जोड दिएका छन । व्यवसायीहरुको प्रश्नको जवाफ दिदै उद्योगमन्त्री नविन्द्रराज जोशीले सरकारले औद्योगिक वातावरण निर्माणको तयारी गरिरहेको भन्दै आवश्यक सुझाव दिन आग्रह गरेका थए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री