बिहीबार, १३ वैशाख २०८१

एन. बी. इन्सुरेन्सको अध्यक्षमा आईएमई ग्रुपका हेमराज ढकाल नियुक्त

समयपोष्ट २०७३ पुष ११ गते ११:२७

 एन.बी.ईन्सुरेन्स कम्पनीको संचालक समितिको बैठकले हेमराज ढकाल सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त भएका छन् । ढकाल राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक हुन । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरी एक सफल उद्योगी तथा व्यवसायीको रुपमा रहेकाले उनको नेतृत्वमा कम्पनीले आउँदा दिनहरुमा अझै प्रगती गर्नेछ ।

Advertisement

अध्यक्ष अम्बिका प्रसाद पौडेलले एनबी इन्स्योरेन्स अध्यक्ष पदबाट राजिनामा दिएर अरुण फाइनान्स सम्हाल्न पुगेपछि अध्यक्षको पद खालि रहेको थियो ।कम्पनीको केही हप्ता अगाडि सम्पन्न साधारणसभाले पूँजी वृद्धिका लागि १ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । यसअघि ८० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री