शनिबार, ८ वैशाख २०८१

अग्रेजीको नयाँ वर्षको अवसरमा मोबाइल महोत्सव हुने ,महोत्सवमा मोबाइल खरीदकर्तालार्इ अधिकतम छुट दिईने

समयपोष्ट २०७३ पुष ११ गते ६:०२

अग्रेजीको नयाँ वर्षको अवसर पारेर नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि १९ गतेसम्म पाको न्यूरोडमा मोबाइल महोत्सव गर्ने भएको छ ।संघले पत्रकार सम्मेलन गरी  महोत्सवबारे जानकारी गराएको हो । पाको न्यूरोड,ताम्राकार कम्प्लेक्स,पिपुल्स प्लाजा लगायतका क्षेत्रमा यो महोत्सव हुनेछ ।महोत्सवको अवसरमा मोबाइल खरीदकर्तालार्इ अधिकतम छुट दिइने  महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार  मोबाइल महोत्समा स्मार्टफोन खरीदकर्तालार्इ एनसेलको सीम र एक सय एमबि डाटा सित्तैमा दिईनेछ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री