शनिबार, १५ वैशाख २०८१

अरुण काबेलीको आइपीओमा नपरेको पैसा आजबाट फिर्ता हुने

समयपोष्ट २०७३ पुष ११ गते ५:४०

अरुण काबेलीले निष्काशन गरेको ३० लाख कित्ता साधारण सेयरमा  नपरेको पैसा  र सेयर बाँडफाँटपत्र सोमबारबाट दिइने भएको छ । एनआईसी एशिया, सिद्धार्थ बैंक, जनता बैंक र कुमारी बैंकमा खाता रहेका लगानीकर्ताहरुको खातामै रकम फिर्ता गरिने कम्पनीले जनाएको छ । अन्य बैंकमा खाता हुनेले भने आबेदन गरेको स्थानबाटै चेक लिनुपर्नेछ । चेक लिन जाँदा दरखास्त फारमको अर्धकट्टी तथा नागरिकताको प्रमाणपत्रको फोटोकपी लैजानु पर्ने कम्पनीले जनाएको छ । अरुण काबेलीले कात्तिक ९ देखि १२ गतेसम्म सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरमा ५ हजार देखि ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई गोलाप्रथाबाट १० देखि १३ कित्ता सेयर बाँडिएको थियो । त्यस्तै ३५ हजारदेखि ५० हजार रूपैयाँसम्म लगानी गर्ने सबैले २.६७ प्रतिशतका दरले र ५० हजार भन्दा माथि आवेदन गर्ने आवेदकलाई भने १.९७ प्रतिशतका आधारमा सेयर बाँडिएको छ । 

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री