बिहीबार, १३ वैशाख २०८१

ओम डेभलपमेन्ट बैंकको २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट पारित

समयपोष्ट २०७३ पुष १० गते ६:१२

ओम डेभलपमेन्ट बैंकको २९.२० % बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ ।  गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलार्इ २९.२० % बोनस सेयर दिने प्रस्ताव बैंकको साधारणसभाले पारित गरेको हो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३६ करोड पुग्नेछ । यस्तै बैंक मनास्लु विकास बैंकसँग मर्जमा जाँदैछ । मर्ज पछि राईट सेयर र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए । बैंकको साधारणसभाले ८ जना संचालक समिति सर्वसम्मतले निर्वाचित गरेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री