शनिबार, १५ वैशाख २०८१

छ्याङ्दीले लमजुङ जिल्लावाशीलाई २ लाख ७० हजार कित्ता सेयर दिने

समयपोष्ट २०७३ पुष १० गते ५:५३

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जिल्लावाशीलाई  २ लाख ७० हजार कित्ता सेयर दिने भएको छ । २ लाख ७० हजार कित्तामध्ये अति प्रभावित गर्ने फलेनी र बन्सर गाविसका वाशिन्दालाई ४० %, चिती, ढोडेनी, नौथर र वेशीशहर वाशीलाई ४० %, र लमजुङ जिल्लाका बाँकी गाविस तथा नगरपालिका वाशिन्दालाई २० % सेयर दिने भएको हो । 

Advertisement

कम्पनीले पुस २० गतेबाट आयोजना प्रभावितलाई साधारण सेयर निस्कासन गर्न लागेको कम्पनीले जनाएको छ । सेयर आवेदन दिने अन्तिम मिती माघ ५ गते रहेको छ । 
 
कम्पनीले १०० रुपैयाँ अंकित दरका २लाख ७० हजार कित्ता सेयर जारी गर्न लागेकोमा  कम्तिमा ५० कित्ता र वढिमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
 
कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री