शुक्रबार, ७ वैशाख २०८१

कैलाश विकास बैंकले पुष १४ गतेबाट बुक क्लोज गर्ने,बोनस र हकप्रदका लागि बैंकको सेयर खरिद गर्ने पुष १३ अन्तिम मिती

समयपोष्ट २०७३ पुष ८ गते ७:४३

कैलाश विकास बैंकले यही पुस १४ गते देखि सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी दिएको हो । बैंकको २५ % बोनस तथा २0 % हकप्रद सेयर लिन चाहाने लगानीकर्ताले पुष १३ गतेसम्म बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । पुस २९ गते हुनगईरहेको बैंकको २३ औँ साधारण सभाले पारित गरेपछि मात्र  बैंकले शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्नेछ । १ अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको बैंकको बोनस वितरण पश्चात बैंकको पुँजी १ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसअवधिमा बैंकको ०.९८ प्रतिशत खराब कर्जा देखाएको थियो । बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२.९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९.२४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६२.९३ रुपैयाँ र तरलता अनुपात २३.६२ प्रतिशत रहेको छ । बोनस र हकप्रदपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँँ नाघ्नेछ । मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स कैलाश विकास बैंकसंग केही समय यता मर्ज भएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री