शनिबार, १५ वैशाख २०८१

पैचोले राजधानीबासीको पहुँचमा पुर्यायो पहाडी उत्पादन

समयपोष्ट २०७३ पुष ६ गते ६:४५

‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नारालाई आत्मसात गर्दै पैँचो पसल प्रालिले पहाडी क्षेत्रका कृषि उत्पादन राजधानीमा बिक्री वितरण सूरु गरेको छ । राजधानीमा पत्रकार सम्मेलन मार्फत पैँचोका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादित अर्गानिक कृषि उत्पादन राजधानीबासीको पहँचसम्म पुर्याउँन बिक्री वितरण थालिएको जानकारी दिए । 

Advertisement

पैँचो पसलले हाल विभिन्न प्रकारका आचार, होल क्यान कर्न, मकैको च्याँख्ला, कोदोको पिठो, टोमेटो केचअप , जाम, जुसहरु आफै उत्पादन तथा बिक्री वितरण गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यस्तै गुन्द्रुक, मस्यौरा जुम्लाको सिमि जस्ता उत्पादनहरु पनि पैँचोले बजारमा ल्याएको छ । गाउँमा उत्पादन भएर बजारको अभावमा खेर गईरहेका वस्तुलाई प्रशाेधन गरि बजारसम्म पुर्याउने उदेश्यका साथ दुई वर्ष अघि सुरु गरेको पैंचो पसलले गुल्मीको रिडिमा प्रसोधन केन्द्र स्थापना गरिसकेको छ । पसलले उक्त प्रसोधन केन्द्रबाट २३ प्रकारका खाद्य वस्तु उत्पादन गर्दै आएको छ । 

पैँचोले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी संकलन केन्द्रहरु मार्फत किसानहरुको कृषि उत्पादन लिईरहेको प्रवन्ध निर्देशक न्यौपानेले बताए । पैँचोले  स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा पनि बिक्रि गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री