मंगलबार, ६ चैत २०८०

महानगर यातायातले ४० वटा बस थप्दै, चक्रपथ भित्र पनि महानगरका ठूला बस गुड्ने

समयपोष्ट २०७३ पुष ६ गते ६:०५

महानगर यातायात प्रालिले ४० वटा ठूला सिटी बस थप्ने तयारी गरेको छ । यससंगै महानगरले सञ्चालनमा रहेका केही बसहरु मध्य,केही बस चक्रपथभित्र गुडाउँने भएको छ ।  हाल महानगर यातायातसंग ३९  बस सञ्चालनमा छन् जसमध्य महानगरले १० वटा बस पुस १५ देखि राजधानीका भित्री रुटमा सञ्चालन गर्ने भएको हो । राजधानीको बनस्थली, स्वयम्भू हुँदै कलङ्कीबाट कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक हुँदै नयाँबसपार्कसम्मका रुटमा दुईतर्फी बस सेवा सञ्चालन गर्ने महानगर यातायातले जनाएको छ । 

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री