शनिबार, ८ वैशाख २०८१

बैंकसँग ऋण दिने पैसा छैन

समयपोष्ट २०७३ पुष ६ गते ४:२६

तरल नगद अभाव भएपछि बैंकहरुले थप कर्जा दिन सक्ने क्षमता गुमाउन थालेका छन् । बैंकमा जम्मा हुने निक्षेपको तुलनामा बैंकले दिने ऋणको वृद्धिदर उच्च हुदा यस्तो अवस्था आएको  हो।

Advertisement

पछिल्लो तथ्यांकले निक्षेप नबढे वाणिज्य बैंकहरुको कर्जाको विस्तार नै रोकिने अवस्था आएको देखिएको छ । गत २४ मंसिरमा वाणिज्य बैंकहरुमा कुल १८ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ ।

यो तीन महिनाअघिको तुलनामा ३ दशमलव १२ प्रतिशत ९५६ अर्ब रुपैयाँ० बढी हो । तर, यही अवधिमा बर्जा प्रवाह भने ६ दशमलव शून्य ३ प्रतिशत ९८६ अर्ब रुपैयाँ० बढेको छ । राष्ट्र बैंकको नीतिअनुसार बैंकहरुले सय रुपैयाँ निक्षेप लिएर ८० रुपैयाँ मात्रै कर्जा लगानी गर्न पाउँछन् । बैंकरहरुले भारु पाँच सय र हजार दरका नोट प्रतिबन्धले पनि नेपाली बैंकिङ प्रणालीलाई प्रभावित पारिरहेको बताएका छन् । आजको नागरिक दैनिकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री