शुक्रबार, १४ वैशाख २०८१

भारतको सिको गर्दै पाकिस्तानमा पनि नोटबन्दी ,५००० को नोट हटाउँने प्रस्ताव संसदमा पारित 

समयपोष्ट २०७३ पुष ५ गते ८:४२

पाकिस्तानको संसदले ५००० को नोटमा प्रतिबन्ध लगाउँने प्रस्ताव स्विकृत गरेको छ । पाकिस्तान मुश्लिम लिगका सांसद उस्मान सैफ उल्लाह खां ले सदनमा राखेको सो प्रस्ताव पाकिस्तानी सिनेटले पास गरेको हो । भारतमा कालो धन रोक्ने भन्दै सेप्टेम्बर ८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १००० का भारु प्रतिबन्ध लगाएका थिए । पाकिस्तानले पनि कालो धनमा रोक लगाउँन,पाकिस्तानी नागरिकलाई बैकिङ्ग कारोबारमा लाग्न प्रेरित गर्ने उदेश्यले सो प्रस्तावको समर्थन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगामी ३ देखि ५ बर्ष भित्र पाकिस्तानी ५००० को नोट पुर्ण रुपमा प्रतिबन्धित हुनेछ । पाकिस्तानका कानुन मन्त्री जाहिद हमीदले पाकिस्तानमा करीब ३.४ खर्ब नोट सर्कुलेसनमा रहेको ,जसमा ५००० का नोट मात्र  १.०२ खर्ब रहेको जनाएका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री