शनिबार, ८ वैशाख २०८१

एभरेष्ट र हिमालयन बैंकको बोनस सेयर सुरक्षित गर्ने अन्तिम मिति आज

समयपोष्ट २०७३ पुष ५ गते ६:३६

एभरेष्ट बैंक (EBL) को ७० प्रतिशत र हिमालयन बैंकको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । एभरेष्ट बैंकले बोनस पारित गर्नका लागि पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । त्यस्तै बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका पनि बन्द गर्देछ । एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्न लगानीकर्ताले पुष ५ सम्म सेयर खरिद गरेको हुनुपर्छ । साथै बैंकले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा ३ बराबर १ को अनुपातमा हकप्रद वितरण गर्ने प्रस्ताव समेत गरेको छ । एभरेष्ट बैंकको २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बोनस शेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । ३ बराबर एक हकप्रदपछि बैंकको चुक्ता ६ अर्ब २२ करोड रुपैयाँ माथि पुग्नेछ । 

Advertisement

त्यस्तै हिमालयन बैंकको साधारणसभा पौष २२ गते हुने हुँदा बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । बोनस सुरक्षित गर्न लगानीकर्तालेपुष ५ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

हिमालयन बैंकले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने पनि आजै अन्तिम दिन हो । पौष २२ गते हुने साधारणसभा प्रयोजनका लागि बैकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दे छ । बोनस लिन चाहने लगानीकर्ताले आजसम्म अर्थात पुष ५ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

बैंकको चार अर्व ९६ करोड चुक्तापुँजी रहेको छ । बोनसपछि पूँजी ६ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ । केहि समय अघि मात्र बैकले  १४ प्रतिशत हकप्रद बिक्री गरेको छ । जसबाट ७० करोड रुपैयाँ बराबर पूँजी बढेको छ । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री