शनिबार, ८ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सको १८.१८ प्रतिशत र नेशनल लाइफ इन्स्योरेन्सको ३० प्रतिशत बोनस सेयर पारित

समयपोष्ट २०७३ पुष ३ गते ५:०६

लुम्बिनी जनरल इन्स्योरेन्सले १८.१८ प्रतिशत बोनस सेयर र नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बोनस सेयर पारित गरेका छन । 

Advertisement

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक बर्षमा १५ करोड १८ लाख रुपैयाँ खुद मुनाफाबाट  छ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको हो। 

बोनस पश्चात कायम ३९ करोड रुपैयाँ चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत साधारणसभाले गरेको छ। त्यसपछि कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ। सभाले जारी पूँजी एक अर्ब रुपैयाँ कायम गरेको छ।
नेशनल लाइफ इन्स्योरेन्सको बिहिबार सम्पन्न २८ औँ साधारणसभाले आर्थिक बर्ष २०७१ र ७२ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर पारित गर्यो।
कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश समेत दिएको छ। वोनस पश्चात एक अर्ब ३२ करोड रुपैयाँ पुगेको चुक्ता पूँजी शतप्रतिशत हकप्रद सेयर जारी गरि दोब्बर पुर्याउने निर्णय समेत सभाले गरेको छ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री