शुक्रबार, १६ चैत २०८०

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड

समयपोष्ट २०७३ पुष ३ गते ४:५१

ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६ – नेपाल” अवार्डबाट सम्मानित भएको छ । 
सिगांपुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीले ले सो पुरस्कार ग्रहण गरे ।
ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो ।
ग्लोबल आइएमई बैंके नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री