शुक्रबार, १४ वैशाख २०८१

नबिल बैंक कर्मचारी सघंद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समयपोष्ट २०७३ मंसिर ३० गते ६:२१

नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वार्षिक उत्सव मनाउने क्रममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 
शनिवार प्रधान कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ७० जना बैकंका कर्मचारीहरु तथा कर्मचारी परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो । 
देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमांडौ उपत्यकामा मात्र सिमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरु मार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेड क्रस सोसाईटिले सघंले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंशा गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री