बिहीबार, १५ चैत २०८०

मोरङ्गको कर्सियामा नेपाल बङ्गलादेश बैंकको ३५ औं शाखा

समयपोष्ट २०७३ मंसिर २९ गते ९:३२

नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा मोरङ्ग  जिल्लाको सरोभाग गा.वि.स. कर्सियामा  आफ्नो ३५ औं शाखा संचालनमा ल्याएको छ । 
बैंकका संचालक अरुण श्रेष्ठबाट उक्त शाखा उदघाटन गरिएको हो । कार्यक्रममा बैंकका  संचालक दिपक कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना समेतको उपस्थिति रहेको बैंकले थियो  । कर्सिया शाखा सहित बैंकले ३५ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग  सेवा तथा ३५ वटा एटिएम बाट बैंकिङ्ग  सुविधा दिंदै आएको छ ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङ्ग  जिल्ला, सरोभाग गा.वि.स. कर्सिया स्थित शारदा मा. वि. लाई एक थान कम्प्युटर र एक थान प्रिन्टर, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले हस्तान्तरण गरे । बैंक को आ.व. २०७३ । ७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री