चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबीच झडप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच चितवनमा झडप भएको छ। चितवनको चौविसकोटीबाट सुरु भएको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अगाडिसम्म पुगेपछि झडप भएको हो ।

प्रदर्शनका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याससमेत प्रयोग गरेको छ।

Advertisement

रास्वपा कार्यकर्ताहरूले लामिछानेलाई सहारा सहकारी प्रकरणमा अनुसन्धानका लागि चितवन ल्याइएको विरोधमा लगातार प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले उनलाई तत्काल रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री