मंगलबार, ६ चैत २०८०

नेपाली बजारमा सुजुकीको सुपर क्यारी

समयपोष्ट २०७३ मंसिर २९ गते ८:३८

नेपाली बजारमा सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले लाइट कमर्शियल भेहिकल (एलसीभी) सुजुकी सुपर क्यारी भित्राएको छ । फाइभ स्पिड म्यानुअल ट्रान्समिशन सहितको ७ सय ९३ सीसी क्षमताको ट्विन सिलिण्डर ईञ्जिनले शक्ति प्रदान गर्ने सुपर क्यारीले, ३ हजार ५ सय आरपीएममा ३२ दशमलव ६३ बीएचपीको शक्ति र २ हजार आरपीएममा ७५ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । एआरएआई प्रमाणित यो गाडीले २२ दशमलव ०७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार गाडीको अधिकतम गति क्षमता ८० किलोमिटर प्रति घण्टा छ । सुजुकी सुपर क्यारी सीजी मोटोकर्पले उपत्यका भित्र  महाराजगञ्ज र बालकुमारी स्थित विक्रि केन्द्रबाट उपलब्ध गराउने बताएको छ । त्यस्तै  ,उपत्यका बाहिर भने पोखरा, विरगञ्ज, विराटनगर र बुटवल विक्री केन्द्र मार्फत गाडी उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री